चाँगु नपामा मेयरमा काँग्रेस, उपमेयर र वडाअध्यक्षमा एमाले अगाडि

भक्तपुर न्यूज

४ जेठ २०७४ १:२२

चाँगु नपामा मेयरमा काँग्रेस, उपमेयर र वडाअध्यक्षमा एमाले अगाडि

भक्तपुर ४ जेठ । चाँगुनारायण नगरपालिकामा हालसम्म भएको मतगणनामा मेयरमा काँग्रेसले अग्रता लिएको छ । चाँगुनारायण नगरपालिकामा मेयर काँग्रेसका राजाराम खड्काले २ सय ४ मत प्राप्त गरी अग्रस्थानमा छन् । त्यस्तै एमालेका सोम मिश्रले १ सय ७४ मत र राप्रपाका रविन्द्र प्रताप शाहले १ सय २१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा भने एमालेकी बिना बास्तोलाले २ सय २० मत ल्याई अग्र स्थानमा रहेकी छिन् । यस्तै, काँग्रेसकी सरु बानियाँले १ सय ८६, एमालेकी बिना बास्तोलाले २ सय २० र राप्रपाकी यवती कार्कीले १ सय ३४ मत प्राप्त गरेका छन् ।
वडा नं। १ भने एमालेका सुजन कुमार न्यौपानेले २ सय १० मतले अग्रता लिएका छन् । राप्रपाका इश्वर थापाले २ सय १ मत र काँग्रेसका राजेश खड्काले १ सय ५५ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *