भक्तपुर नपा–५ मा नेमकिपाका कर्माचार्य विजयी
भक्तपुर ४ जेठ । भक्तपुर नगरपालिका वडा नं. ५ मा पनि नेपाल मजदूर किसान पार्टीको प्यानल विजयी भएको छ । वडा नं. ५ मा नेमकिपाका पे्रमगोपाल कर्माचार्यले १ हजार ९ सय ९२ मत प्राप्त गरी विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी काँग्रेसका धर्मरत्न खाईतुले ८ सय ५२ मत र एमालेका विक्रम भेलेले ४ सय ३२ मत पाएका छन् ।
नेमकिपाका महिला सदस्य सम्झना खाईजु(लाखे), दलित महिला सदस्य सरिना द्यौला, खुला सदस्य द्वयमा पूर्णगोपाल राजचल र बलराम न्हिसुतु विजयी भएका छन् ।
भक्तपुर नगरपालिकामा अहिलेसम्मको मत गणना अनुसार नेमकिपाका मेयर उम्मेदवार सुनील प्रजापतिले ११ हजार ६ सय ४६ मत प्राप्त गरेका छन् । त्यस्तै मेयरका प्रत्यासी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ४ हजार ६ सय १३ मत पाएका छन् । नेकपा एमालेका बिष्णु सुवालले २ हजार ७६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा नेमकिपाकी रजनी जोशीले ११ हजार ७ सय ६३, काँग्रेसकी गंगालक्ष्मी अवालले ४ हजार ५ सय ६० र एमालेकी कृष्णमाया त्वानाबासुले २ हजार ३ सय ३६ मत प्राप्त गरेका छन् ।
यसैगरी, बडा नं १ को वडा अध्यक्ष श्यामकृष्ण खत्रीको प्यानल, वडा नं. २ को वडा अध्यक्ष हरि प्रसाद बासुकलाको प्यानल, बडा नं. ३ को राजकृष्ण गोराको प्यानल र वडा नं. ४ मा कुमाल चवालको प्यानल विजयी भएका छन् ।