भक्तपुर नपा–५ मा पनि नेमकिपा अगाडि
भक्तपुर ४ जेठ । भक्तपुर नगरपालिकामा नेपाल मजदूर किसान पार्टीको अग्रता कायम नै रहेको छ । भक्तपुर नगरपालिकामा अहिलेसम्मको मत गणना अनुसार नेमकिपाका मेयर उम्मेदवार सुनील प्रजापतिले ११ हजार १ सय ६५ मत प्राप्त गरेका छन् । त्यस्तै मेयरका प्रत्यासी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ४ हजार ५ सय ११ मत पाएका छन् । नेकपा एमालेका बिष्णु सुवालले २ हजार १० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा नेमकिपाकी रजनी जोशीले ११ हजार ५ सय ५४, काँग्रेसकी गंगालक्ष्मी अवालले ४ हजार ४ सय ५५ र एमालेकी कृष्णमाया त्वानाबासुले २ हजार २ सय ४२ मत प्राप्त गरेका छन् ।
अहिले सम्म वडा नं. ५ को ३ हजार ६ सय मत गणना सम्पन्न भएको छ । नेमकिपाका प्रेमगोपाल कर्माचार्यले १ हजार ८ सय ५९, काँग्रेसका धर्मरत्न खाईतुले ६ सय १७ र एमालेका विक्रम भेलेले ३ सय ८५ मत पाएका छन् ।