दैलेखका दुई वडा अध्यक्षमा नेमकिपा विजयी
कुमार प्याकुरेल
दैलेख ३ जेठ । स्थानिय तहको निर्वाचनमा दैलेखको चामुन्डा बिन्द्रासैनि नगरपालिकाको बाड न तीन र सात नम्वर बडामा मजदुर किसान पार्टीका उम्मेदवारहरूले विजय प्राप्त गरेका छन् । कुनै समयमा नेपाल मजदुर किसान पार्टीको गढ मानिने उक्त नगरपालिका मा बिगतको प्रतिनिधि सभामा समेत पार्टीको तर्फबाट प्रतिनिधित्व गराईसकेको उक्त पार्टी अहिले कमजोर अवस्थामा पुगेको हो । जिल्लाबाट मजदुर किसान पार्टीबाट उम्मेद्वार बनेर सन्सदको निर्वाचन जित्ने र सोहि समयमा पार्टी परित्याग गर्ने चलनले गर्लानि जिल्लामा मजदुर किसान पार्टी कमजोर बन्दै गएको हो ।
दैलेख जिल्लामा स्थानिय तहको सख्या ११ रहेकोमा अहिले सम्म सात बडा ईकाईको मत परिणाम सार्वजनिक भएको छ जसमा काग्रेसले दुई स्थानमा बिजय हासिल गरेको छ भने अन्य पाच ठाउमा भने एमालेले बिजय प्राप्त गरेको छ । अरू बाकि रहेको ईकाईहरूको भोलि साझ सम्ममा सम्पुर्ण नतिजा आउने जिल्ला निर्वाचन अधिकृत भक्त बहादुर कार्किले बताएका छन् ।