भक्तपुर नपा–५ मा पनि नेमकिपा अगाडि
भक्तपुर ३ जेठ । भक्तपुर नगरपालिकामा नेपाल मजदूर किसान पार्टीको अग्रता कायम नै रहेको छ । भक्तपुर नगरपालिकामा अहिलेसम्मको मत गणना अनुसार नेमकिपाका मेयर उम्मेदवार सुनील प्रजापतिले १० हजार ९ सय ७६ मत प्राप्त गरेका छन् । त्यस्तै मेयरका प्रत्यासी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ४ हजार २ सय ४१ मत पाएका छन् । नेकपा एमालेका बिष्णु सुवालले १ हजार ८ सय ४० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा नेमकिपाकी रजनी जोशीले १० हजार ९ सय ४८, काँग्रेसकी गंगालक्ष्मी अवालले ४ हजार ७३ र एमालेकी कृष्णमाया त्वानाबासुले २ हजार १ सय २० मत प्राप्त गरेका छन् ।
अहिले सम्म वडा नं. ५ को २ हजार ४ सय मत गणना सम्पन्न भएको छ । नेमकिपाका प्रेमगोपाल कर्माचार्यले १ हजार ४ सय ५२, काँग्रेसका धर्मरत्न खाईतुले ४ सय २ र एमालेका विक्रम भेलेले २ सय ४४ मत पाएका छन् ।