चौरजहारी नगरपालिकामा माओवादीको फराकिलो जीत
रुकुम, ३ जेठ । रुकुमको चौरजहारी नगरपालिकामा माओवादी केन्द्र फराकिलो अन्तरले विजयी भएको छ । विशाल शर्मा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारलाई २१ सय बढी मतले हराउँदै निर्वाचित भएका छन् । माओवादी केन्द्रका शर्मा ५ हजार ४२० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बलबीर गोसाईंले ३२०४ मत पाएका छन् । एमालेका शेरबहादुर केसीको २२८२ मत छ ।
यसैगरी उपमेयर पदमा पनि माओवादी केन्द्रकी राधा रोका विजयी भएकी छन् । उनले ५ हजार ३२५ मत पाएकी छन् । उपमेयर पदमा कांग्रेसकी मनिषा भण्डारीले ३ हजार ४० मत पाइन् । एमालेबाट उपमेयरकी उम्मेदवार कल्याणी खड्काले २ हजार ४१३ मत पाएकी छन् । चौरजहारी नगरपालिकाका १४ वडामध्ये १० वटा वडामा माओवादी, ३ वडामा काग्रेस र एउटा वडामा एमाले विजयी भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४२