भक्तपुर वडा नं ३ मा नेमकिपाको प्यानल विजयी
भक्तपुर ३ जेठ । भक्तपुर नगरपालिका वडा नं ३ मा पनि नेपाल मजदुर किसान पार्टीका राजकृष्ण गोरा नेतृत्वको प्यानल विजयी भएको छ । यहाँ जम्मा सदर मत ३८९७ खसेको थियो भने जसमा १५७ मत बदर भएको थियो । वडा अध्यक्षका विजयी गोराले १६ सय ६९ मत पाएका छन भने उनका प्रतिद्वन्दी नेपाली काग्रेसका ओम प्रकाश भुजुले ११४० मत पाएका छन् । यस्तै एमालेका रामरत्न सिलाकारले ५५८ मत प्राप्त गरेका छन् ।
यस वडामा विजयी महिला सदस्य सुनिता प्रजापति(अवाल)ले १६०७, खुल्ला सदस्य कृष्णगोपाल चौगुठीले १५९७ र राजकुमार सिल्पकार १५९१ मत पा्रप्त गरेका छन् ।
यस वडामा मेयरमा नेमकिपाका सुनिल प्रजापतिले १७३८ र उपमेयर रजनी जोशीले १७१९ मत पाएका छन् । वडा नं ३ मा नेपाली काग्रेसका मेयर राम प्रसाद कासुलाले ११०४ र उपमेयर गंगालक्ष्मी अवालले १०६४, एमालेका बिष्णु सुवाल ४९८ र उपमेयर कृष्णमाया ँवानाबासुले ५४१ मत पाएका छन् ।