सूर्यबिनायकमा एमालेको अग्रता कायमै

भक्तपुर न्यूज

३ जेठ २०७४ २:५२

सूर्यबिनायकमा एमालेको अग्रता कायमै

भक्तपुर ३ जेठ । सूर्यबिनायक नगरपालिकामा एमालेको अग्रता कायम नै छ । सूर्यबिनायक नगरपालिकाको वडा नं. २ को मत गणना जारी रहेको छ । हाल सम्ममा एमालेका मेयर उम्मेदवार बासुदेव थापाले २ हजार ६१ मत प्राप्त गरेका छन् । त्यस्तै मेयरका प्रत्यासी नेपाली कांग्रेसका बिष्णुराज कार्कीले २ हजार ४६ मत पाएका छन् । राप्रपाका प्रवीण ढुंगेलले ४ सय ३९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा एमालेकी जुना बस्नेतले २ हजार ३ सय १९, काँग्रेसकी कल्पना राजथलाले १ हजार ५ सय ८९ र राप्रपाकी जयन्ती महतले ५ सय ६४ मत प्राप्त गरेका छन् ।
यसैगरी, वडा नं. २ मा काँग्रेसले अग्रता लिएको छ । काँग्रेसका कमलनाथ आचार्यले ६ सय ५ मतले अग्रता लिएका छन् । एमालेका रवि श्रेष्ठले ५ सय ७५, र राप्रपाका कृष्ण सिलवालले २३ मत पाएका छन् ।
बडा नं. १ को वडा अध्यक्षमा एमालेका सानु काजी कायष्ठ विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *