काठमाडौं महानगरमा २० हजार मत बदर

भक्तपुर न्यूज

२ जेठ २०७४ १४:४९

काठमाडौं महानगरमा २० हजार मत बदर

काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकामा १ हजार मत गणना गर्दा १०७ मत बदर भएको छ । यो संख्या भनेको खसेको मतको १० प्रतिशत हो । अब यही रुपमा बदर मतको संख्या कायम रहेमा मतगणना गरिसक्दा २० हजारभन्दा बढी मत बदर हुने देखिएको छ ।

मत खसेको ७६ प्रतिशत आधारमा हेर्दा महानगरपालिकामा खसेको मत संख्या हो  ।  यो संख्यामा अहिलेको जस्तै १० प्रतिशत मत बदर भयो भने बदर हुने कुल मतसंख्या करिब २१००० हुनेछ । यो स्थितिमा हारजितका लागि गणनायोग्य मतसंख्या लगभग १९१००० बाँकी रहनेछ ।

यो सदर मतसंख्यालाई कम्तिमा चार जना उम्मेदवारवीच विभाजन गर्दा काठमाडौंको मेयरमा बिजेताले लगभग ६० हजार मत ल्याउनुपर्ने हुन्छ । यसलाई लचकदार रुपमा के पनि भन्न सकिन्छ भने काठमाडौंको मेयरको विजेताले लगभग ५० हजारभन्दा बढी मत ल्याउनैपर्ने हुन सक्छ । यो निर्वाचनमा कसैले २० हजार मत एक मुष्ट काट्यो भने सम्भावित विजेताका लागि त्यो निकै दुःखको विषय बन्न सक्छ ।

कुनै तेस्रो पार्टीले १०र१५ हजार मत काट्दा आफूलाई घाटा हुने विश्लेषण गरिरहेका कांग्रेस र एमालेका लागि बदर मत नै २० हजार पुग्नु भनेको निकै ठूलो त्राशदीको विषय हो । किन भने त्यसैको मत बढी बदर हुन्छ, जो जित्ने सम्भावना रहेको हुन्छ । सामान्यतः २० हजार मत बदर भयो भने त्यसमा कांग्रेस र एमालेकै बढी क्षति हुन्छ । र, कांग्रेस र एमालेलाई त्यसरी क्षति पुग्यो भने यसको साझो फाइदा किशोर थापा वा रञ्जु दर्शनालाई पुग्न सक्छ ।

प्रथमतः क्यामेरा र स्टकोट चिन्ह एउटारएउटा मात्रै भएकाले लहरै भएका रुख र सूर्यमा जस्तो किशोर र रञ्जुको मत कम बदर हुनु स्वाभाविकै हो । दोस्रो जितको सम्भावनामा पहिलो र दोस्रो लहरमा रहेका दलहरुको मत भटाभटी बदर भइदिँदा त्यसको फाइदा स्वाभाविकरुपमा तेस्रो र चौथोमा भिडिरहेका उम्मेदवारहरुलाई हुन सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *