सूर्यबिनायक नपाको मतगणना स्थगित
भक्तपुर २ जेष्ठ । भक्तपुरको सूर्यबिनायक नगरपालिकामा बिवादका कारण मतगणना स्थगित भएको छ ।
सूर्यबिनायक नगरपालिका वडा नं १ को मत गणना सम्मपन्न भएपनि मतको परिणामा फरको आएको भन्दै दलहरुबीच बिवाद भएपछि मतगणना स्थगित भएको हो ।
एमालेको वडा अध्यक्ष सानु काजी कायष्थ खसेको मतको आधारमा बिजय भएता पनि मतको संख्यालाई लिएर दलहरुबीच सहमती हुन नसकेपछि फेरी मतगणना गरिनु पर्ने भन्दै माग गरेका छन् ।
मतको संख्यालाई लिएर भएको बिबादका कारण मतगणना हुन नसकेको र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको रोबरमा सर्वदलिय बैठक बस्ने जानकारी गराईएको छ । दुइ सय मत अपुग भएको भन्दै भएको बिवाद श्रृजनाकै कारण मतगणना रोकिएता पनि खसेको मतलाई आधार मान्ने हो भने एमालेका तर्फका वडा अध्यक्षका उमेद्वार कायष्थ बिजय हुने निश्चित रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४२