३० स्थानको नतिजा एमाले पहिलो, कांग्रेस दोस्रो

भक्तपुर न्यूज

२ जेठ २०७४ १३:२७

३० स्थानको नतिजा एमाले पहिलो, कांग्रेस दोस्रो

काठमाडौ, २ जेठ । पहिलो चरणको स्थानीय निर्वाचनको अन्तिम परिणाम धमाधम आइरहेको छ । ३० स्थानीय तहको अहिलेसम्मको नतिजा हेर्दा नेकपा एमालेले पहिलो र नेपाली कांग्रेसले दोस्रो स्थान हासिल गरेका छन् । ३० स्थानीय तहमध्ये एमालेले १२ स्थानमा जित हात पारेको छ भने कांग्रेसले १० स्थानमा जितेको छ । त्यस्तै, माओवादीले ८ स्थानमा जितेको छ । स्वतन्त्र उम्मेदवारले एउटा स्थानीय तहको अध्यक्षमा जितेका छन् ।

हालसम्मको नतिजा यस्तो छ

एमालेले जितेका स्थानीय तह

महांकाल गाउँपालिका, ललितपुर
देवघाट गाउँपालिका, तनहुँ
गोसाइँकुण्ड गाउँपालिका, रसुवा
शे–फोक्शुण्डो गाउँपालिका, डोल्पा
ठूली भेरी नगरपालिका, डोल्पा
काइके गाउँपालिका, डोल्पा
शिवालय गाउँपालिका, जाजरकोट
चामे गाउँपालिका, मनाङ
नेस्याङ गाउँपालिका, मनाङ
घरपझोङ गाउँपालिका, मनाङ
मादी गाउँपालिका, कास्की
ढोरचौर गाउँपालिका, सल्यान

कांग्रेसले जितेका स्थानीय तह

कुशे गाउँपालिका, जाजरकोट
बुङदीकाली गाउँपालिका, नवलपरासी
तमानखोला गाउँपालिका, बाग्लुङ
नाशोङ गाउँपालिका, मनाङ
नार्फु गाउँपालिका, मनाङ
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
थासाङ गाउँपालिका, मुस्ताङ
लोमन्थाङ गाउँपालिका, मुस्ताङ
डुंगेश्वर गाउँपालिका, दैलेख
पाताराशी गाउँपालिका, जुम्ला

माओवादी केन्द्रले जितेका स्थानीय तहस्

मुड्केचुला गाउँपालिका, डोल्पा
जगदुल्ला गाउँपालिका, डोल्पा
गुठीचौर गाउँपालिका, जुम्ला
हिमा गाउँपालिका, जुम्ला
सान्नी त्रिवेणी गाउँपालिका, कालिकोट
सानीभेरी गाउँपालिका, रुकुम
ताँजाकोट गाउँपालिका, हुम्ला
मरिण गाउँपालिका, सिन्धुली

स्वतन्त्रले जितेको स्थानीय तह

तेञ्जोङ छिरिङ, मुस्ताङ रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *