भक्तपुर नपामा नेमकिपाको अग्रता कायमै

भक्तपुर न्यूज

२ जेठ २०७४ ९:४४

भक्तपुर नपामा नेमकिपाको अग्रता कायमै

भक्तपुर २ जेठ । भक्तपुर नगरपालिकामा नेपाल मजदूर किसान पार्टीको अग्रता कायम नै रहेको छ । भक्तपुर नगरपालिकामा अहिलेसम्मको मत गणना अनुसार नेमकिपाका मेयर उम्मेदवार सुनील प्रजापतिले ३ हजार ६ सय मत प्राप्त गरेका छन् । त्यस्तै मेयरका प्रत्यासी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले १ हजार १ सय ६८ मत पाएका छन् । नेकपा एमालेका बिष्णु सुवालले ६ सय ८२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा नेमकिपाकी रजनी जोशीले ३ हजार ५ सय ८८, काँग्रेसकी गंगालक्ष्मी अवालले १ हजार १ सय ३८ र एमालेकी कृष्णमाया त्वानाबासुले ७ सय ५७ मत प्राप्त गरेका छन् ।
अहिले सम्म वडा नं. २ को ३ हजार ४ सय मत गणना सम्पन्न भएको छ । नेमकिपाका हरिप्रसाद बासुकलाले १ हजार ९ सय ९६, काँग्रेसका नारायण बहादुर बासुकलाले ६ सय ३१ र एमालेका कृष्ण प्रसाद नापितले २ सय ६४ मत पाएका छन् ।
यसैगरी, बडा नं १ को वडा अध्यक्ष नेमकिपाका श्यामकृष्ण खत्रीको प्यानलले विजयी हासिल गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *