तीन नगरमा ३ दलको खाता खुल्यो

भक्तपुर न्यूज

२ जेठ २०७४ ९:१७

तीन नगरमा ३ दलको खाता खुल्यो

भक्तपुर, २ जेठ । भक्तपुरका ३ नगरपालिकामा ३ वटै राजनीतिक दलहरुले खाता खोलको छन् । सूर्यविनायकको वडा नं १ मा एमाले, भत्तःपुर वडा नं १ मा नेमकिपा र मध्यपुरथिमी १ मा नेपाली काँग्रेसले वडाबाट खाता खोलेका छन् ।  सुर्यविनायक नगरपालिका– १ को मंगलबार मध्याननमा सम्पन्न मतगणनामा नेकपा एमालेका सानुकाजी कायस्थको प्यानलै विजयी भएको हो । कायस्थले  १हजार ६४७ मत ल्याई विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका भुपेन्द्र राज रवातले ८४७ ल्याएका थिय भने नेपाली काँग्रेसका मनोज कुमार कार्कीले ८३६ मत ल्याएका थिए  । महिला सदस्यमा एमालेका अम्बीका न्यौपाने, दलित महिला सदस्यमा कल्पना नेपाली र खुल्ला सदस्यमा प्रदिप कार्की र बाबुकाजी श्रेष्ठ विजयी भएका छन् । सुर्यविनायक नगरपालिका वडा न १ मा ३९३९ मत खसेको थियो ।

पछिल्लो मतगणना परिणाम अनुसार सुर्यविनाएक नगरपालिकाको नगर प्रमुखमा एमालेका बासुदेव थापाले १५६३ र  उपप्रमुखमा जुना बस्नेतले १६७२ ल्याई अग्रता कायम गरेका छन् । नेपाली काँग्रेसका बिष्णुराज कार्कीलले १३४५ र कल्पाना राजथलाले १०१५ मत प्राप्त गरेका छन ।

त्यसैगरी, मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका अष्ट कवेको १४३५  र उपमेयर अन्जना मधकर्मी १३३२ , एमालेको मदन सुन्दर श्रेष्ठको ९८२  उपमेयरमा नेमकिपामा ६३९ ल्याएका छन् । थिमी नगरमा एमाले र नेमकीपमा गठबन्धन रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *