सूर्यबिनायकमा एमालेको अग्रता कायमै

भक्तपुर न्यूज

२ जेठ २०७४ ६:३०

सूर्यबिनायकमा एमालेको अग्रता कायमै

भक्तपुर २ जेठ । सूर्यबिनायक नगरपालिकामा एमालेको अग्रता कायम नै छ । सूर्यबिनायक नगरपालिकामा अहिलेसम्म ३ हजार ८ सय मत गणना गणना गरिएको छ । जस अनुसार एमालेका मेयर उम्मेदवार बासुदेव थापाले १ हजार ७ सय ९१ मत प्राप्त गरेका छन् । त्यस्तै मेयरका प्रत्यासी नेपाली कांग्रेसका बिष्णुराज कार्कीले १ हजार ३ सय ८ मत पाएका छन् । राप्रपाका प्रवीण ढुंगेलले ४ सय ८९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा एमालेकी जुना बस्नेतले १ हजार ९ सय ९१, काँग्रेसकी कल्पना राजथलाले १ हजार ६० र राप्रपाकी जयन्ती महतले ५ सय ७६ मत प्राप्त गरेका छन् ।
यसैगरी, बडा नं. १ को वडा अध्यक्षमा एमालेका सानुकाजी कायष्ठ जीत नजिक पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *