मध्यपुर थिमि नपामा काँग्रेसको अग्रता कायमै
भक्तपुर २ जेठ । मध्यपुर थिमि नगरपालिकामा काँग्रेसको अग्रता कायम नै छ । मध्यपुर थिमि नगरपालिकामा अहिलेसम्म २ हजार ५ मत गणना गरिएको छ । जसमा काँग्रेसका मेयर उम्मेदवार अष्ट कवेंले १ हजार २ सय ६८ मत प्राप्त गरेका छन् । त्यस्तै मेयरका प्रत्यासी एमालेका मदनसुन्दर श्रेष्ठले ९ सय १५ मत पाएका छन् । माओवादी केन्द्रकी प्रतिमा श्रेष्ठले ४२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा काँग्रेसकी अन्जना मधिकर्मीले १ हजार १ सय ३०, नेमकिपाका केदार खड्काले ५ सय ८३ र माओवादी केन्द्रकी सुचित्रा श्रेष्ठले ७२ मत प्राप्त गरेका छन् ।
यसैगरी, बडा नं १ को वडा अध्यक्षमा पनि काँग्रेसले नै अग्रता लिएको छ । काँग्रेसका सुरज खड्काले १ हजार सय ३०, एमालेका अष्ट कुमार कवेंले १ हजार ३६ र माओवादी केन्द्रका श्यामकृष्ण डंगोलले ५७ मत पाएका छन् ।