सूर्यबिनायक नपामा एमालेको अग्रता कायमै
भक्तपुर १ जेठ । सूर्यबिनायक नगरपालिकाकमा एमालेको अग्रता कायम नै छ । सूर्यबिनायक नगरपालिकामा अहिलेसम्म १ हजार मत गणना गरिएको छ । जसमा एमालेका मेयर उम्मेदवार बासुदेव थापाले ४ सय ५ मत प्राप्त गरेका छन् । त्यस्तै मेयरका प्रत्यासी नेपाली कांग्रेसका बिष्णुराज कार्कीले ३ सय ४२ मत पाएका छन् । राप्रपाका प्रवीण ढुंगेलले १ सय ८७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा एमालेकी जुना बस्नेतले ४ सय ४२, काँग्रेसकी कल्पना राजथलाले ३ सय ४७ र राप्रपाकी जयन्ती महतले २ सय ६० मत प्राप्त गरेका छन् ।
यसैगरी, बडा नं. १को वडा अध्यक्षमा पनि एमालेले नै अग्रता लिएको छ । एमालेका उम्मेदवारले ४ सय २१, काँग्रेसले २ सय ३३ र राप्रपाले २६० मत पाएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४२