भक्तपुर नपामा नेमकिपाको अग्रता कायमै

भक्तपुर न्यूज

१ जेठ २०७४ १४:५२

भक्तपुर नपामा नेमकिपाको अग्रता कायमै

भक्तपुर १ जेठ । भक्तपुर नगरपालिकाकमा नेपाल मजदूर किसान पार्टीको अग्रता कायम नै छ । भक्तपुर नगरपालिकामा अहिलेसम्म १ हजार ५ सय मत गणना गरिएको छ । जसमा नेमकिपाका मेयर उम्मेदवार सुनील प्रजापतिले ७ सय ५४ मत प्राप्त गरेका छन् । त्यस्तै मेयरका प्रत्यासी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले २ सय ५४ मत पाएका छन् । नेकपा एमालेका बिष्णु सुवालले १ सय ७७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उप मेयरमा नेमकिपाकी रजनी जोशीले ७ सय ७२, काँग्रेसकी गंगालक्ष्मी अवालले २ सय ३९ र एमालेकी कृष्णमाया त्वानाबासुले १ सय ८७ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *