दैलेखमा चुनाव सम्पन्न कतै हवाई फायर कतै झगडा

भक्तपुर न्यूज

३१ वैशाख २०७४ १३:०७

दैलेखमा चुनाव सम्पन्न कतै हवाई फायर कतै झगडा

कुमार प्याकुरेल
दैलेख ३१ बैशाख । स्थानिय तहको निर्वाचनमा जिल्लाभरी शान्तपुर्ण रूपमा सम्पन्न भएको छ । जिल्लामा बिभिन्न तह मध्य ११ वटा तहमा शान्तिपुर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ । सबै तहमा करिव ८० प्रतिशत जति मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा शान्तिपुर्ण रूपमा चुनाव सम्पन्न भएपनि जिल्लाका केही स्थानमा भने हवाई फायरहुनुका साथै दोहोरो झडप समेत भएको छ ।
हिजोमात्र चामुन्डा बिन्द्रासैनि नगरपालिकामा पर्ने एक केन्द्र नजिक विप्लव माओबादी समुहबाट ५ राउन्ड गोलि फाएर भएपछि प्रहरिको जवाफि फायरमा ८ राउन्ड हवाई फायर भएको प्रहरिले बताएको छ । तेस्तै भैरवि गाउपालिका अन्तर्गत डोग्रा मतदान केन्द्रमा करिव ३ घन्टा चुनाव स्थगित हुन पुग्यो ।दुई दल बिचको आपसि असमझदारीका कारणले केही बेर उक्त केन्द्रमा तनावको स्थिति सृजना भएको थियो ,करिव ७ बजेदेखि १० बजे सम्म तनावको स्थिति भए लगत्तै मतदान प्रक्रीया शुरू भएको थियो ।

तेस्तै नारायण नगरपलिकाको ६ नम्वर बडाको मतदान केन्द्रमा पनि केही बेर तनावको स्थिती सृजना भयो । नेपाली काग्रेस समर्थक युवाले म्यादी महिला प्रहरी लाई दुर्वेबहार गरेको भन्दै नेकपा एमालेका कार्यकर्ताहरूले।मतदान स्थलबाट लखेट्दै बाटोमा लगि धारिलो हतियार लाठी बुटले हिर्काई मरणासन्न हुने गरि कुटपिट गरेका छन् र उनको अवस्था गम्भीर रहेको उनका आफन्तहरूले बताउछन्।
जिल्लाका अन्य स्थानमा भने मतदान प्रक्रिया शान्तपुर्ण रूपमा सम्पन्न भएको छ अहिले मतदान गरिसकेका बाक्सहरू पोका बनाएर मतगणना स्थल तर्फ लगिदै गरिएको छ , जिल्लामा कुल मतदान स्थल १३६ रहेको छ भने मतदान केन्द्र १९२ रहेको छ । जिल्लामा ४ बटा नगरपालिका छ भने ७ वटा गाउँ पालिका रहेका छन् जिल्लामा कुल मतदाता सख्या १३२९६५ रहेका छन् जसमा पुरूष भन्दा महिलाको सख्या ३००० ले बढी रहेको तथ्याकमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *