आजै बेलुकीबाट मतगणना हुने

भक्तपुर न्यूज

३१ वैशाख २०७४ ९:१५

आजै बेलुकीबाट मतगणना हुने

काठमाडौं, ३१ बैशाख । स्थानीय तह निर्वाचनको मतदान सकिए लगतै मतगणना सुरु हुने भएको छ । आज ३४ जिल्लामा भएको स्थानिय तहको निर्वाचनमा छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगतै मुचुल्का गरेर मतपेटिका स्थानीय तहको केन्द्रमा लगिने र लगत्तै मतगणना सुरु हुने समेत आयोगले जनाएको छ ।
आजै रातिदेखि सम्भव हुने गाउँपालिका र नगरपालिकाको मत गणना हुने आयोगले जनाएको छ ।


निर्वाचन आयोगले मतगणनाका लागि ११ बुँदे निर्देशन जारी गरेको छ । जसअनुसार वडाको मतगणना सकिएपछि वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र खुला सदस्यको परिणाम सार्वजनिक गर्ने त्यसपछि अर्को वडाको गणना सुरु हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *