चुनावको दिन पर्यटन बोर्डले उपत्यकामा बस चलाउने
काठमाडौं, २९ बैशाख । वैशाख ३१ गते हुने स्थानिय तह निर्वाचनको दिन सार्वजनिक तथा निजी बस नचल्ने हुँदा पर्यटकलाई पर्ने असरलाई ध्यानमा राख्दै नेपाल पर्यटन बोर्डले पर्यटक बस सञ्चालन गर्ने भएको छ । बोर्डले पर्यटक बसमार्फत उक्त दिन नेपाल भित्रिने तथा बाहिरिने पर्यटकका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि काठमाडौँ र ललितपुरका विभिन्न होटलसम्म पुर्याइदिने तथा ल्याइदिने छ ।
पर्यटक प्रहरीसँगको सहकार्यमा दिइने उक्त बस सेवा विहान ६ बजेबाट सुरु हुने बोर्डले जानकारी दिएको छ ।
पर्यटक बस सञ्चालन हुने रुटहरुः
त एयरपोर्टदेखि एनएससी न्युरोड होटल अन्नपूर्ण होटल याक एण्ड यति ठमेल चोक लैनचोर चौक होटल शंकरहुँदै एयरपोर्टसम्म ।
रुट दुई अन्तर्गत एयरपोर्टबाट होटल साँग्रिला नारायन गोपाल चोक महाराजगञ्ज चोकह्यात रिजेन्सी चावाहिल चोक होटल द्वारिकाहुँदै पुन एयरपोर्टसम्म ।
रुट तीन अन्तर्गत एयरपोर्टदेखि तिनकुने होटल एभरेष्ट माइतीघर होटल हिमालय सेन्ट जेभियर्स स्कुल होटल सोल्टी ग्राण्ड होटलहुँदै एयरपोर्टसम्म ।
साथै, बोर्डले निवार्चनका दिन सम्पूर्ण पर्यटक बसहरुलाई निर्वाचन आयोगबाट पास लिएर सहज आवत जावतको लाभ उठाउन समेत अनुरोध गरेको छ ।