एमाले–माओवादीबीच झडप, अध्यक्षका उम्मेदवारको मृत्यु

भक्तपुर न्यूज

२७ वैशाख २०७४ ३:२५

एमाले–माओवादीबीच झडप, अध्यक्षका उम्मेदवारको मृत्यु

काठमाडौं, २७ वैशाख। दोलखामा मंगलबार राति एमाले–माओवादी कार्यकर्ताबीच झडप हुँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । गौरीशंकर गाउँपालिका – १ जुँगु दहबारीमा भएको झडपमा स्थानीय कुलबहादुर तामाङको ज्यान गएको हो । तामाङको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बीच बाटोमा ज्यान गएको हो । तामाङ हुप्पाका स्थायी बासिन्दा हुन् ।
दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटवालका अनुसार, झडपमा गौरीशंकर गाउँपालिका–२ का एमाले कार्यकर्ता दिलबहादुर बुढाथोकी गम्भीर घाइते भएका छन् । उनलाई बुधार राति नै उपचारका लागि काठमाडौं ल्याइएको छ । बुढाथोकी स्थानीय नीलकण्ठेश्वर उच्च माविका शिक्षक हुन् ।  दोहोरो झडपमा परि उमेद्वार भरत खड्कालगायत आधा दर्जन माओवादी कार्यकर्ता घाइते भएका छन् । खड्का नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार हुन् ।

एमाले–माओवादी दुवै पक्षले घटनामा एक अर्कालाई दोष दिएका छन् । दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी कटवालले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । घटनापछि जुँगुका मतदातामा त्रास फैलिएको छ । अवस्थालाई सामान्य स्थितिमा फर्काउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *