संसद बैठक चुनावसम्मका लागि स्थगित

भक्तपुर न्यूज

२४ वैशाख २०७४ ६:५८

संसद बैठक चुनावसम्मका लागि स्थगित

काठमाडौं, २४ बैशाख । व्यवस्थापिका संसदको बैठक जेठ ४ गतेसम्मलाई स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुख ओनसरी घर्तीले जेठ ४ गतेसम्मका लागि स्थगित गरेकी संसद सचिवालयले जनाएको छ ।
प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोगबारे छलफल गर्नका लागि दिउँसो १ बजेका लागि संसद बैठक बोलाइएको थियो ।
तर सर्वोच्च अदालतले महाअभियोगको प्रस्ताव अघि नबढाउन अन्तरिम आदेश दिएपछि संसदले के गर्छ भन्नेबारेमा चौतर्फी चासो बढेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *