सुरक्षा अबस्था मजबुद ः प्रजिअ पोखरेल

भक्तपुर न्यूज

२३ वैशाख २०७४ ९:२४

भक्तपुर २३ बैशाख । आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरका सबै मतदानस्थलको सुरक्षा अबस्था कडा पारिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोण पोखरेलले बताएका छन् । जिल्लाका चार वटा नगरपालिमा रहेका सबै मतदानस्थलमा जनपथ प्रहरीदेखि नेपाली सेना समेत खटाईएको उनले जानकारी दिए ।
३१ गतेको निर्वाचनलाई सभ्य र भव्य तथा  शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्नका लागि जिल्ला स्तरीय सर्वदलिय सुरक्षा संयन्त्र लागि परेको उनले बताए ।
शुक्रबार मात्रै भक्तपुरमा बसेको सर्वदलिय सुरक्षा संयन्त्रको बैठकमा सहभािग सबै राजनीतिक दलका प्रतिनिधीहरुले निर्वाचनलाई शान्त वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रजिअ पोखरेलले बताए ।
निर्वाचन विरोधी गतिविधी गर्ने जो कोहीलाई पनि कारवाही गर्नुका साथै यस्ता गतिविधी जिस्तेज पार्न लागिपर्ने दलहरुले समेत प्रतिबद्धता जनाएका छन् । जिल्लामा शान्ति सुरक्षाको अबस्था मजबुद भएकै कारण यहाँका राजनीतिक दलहरुले शहरी मात्रै नभई ग्रामिण भेगमा पनि चुनावी प्रचार प्रसारलाई तीब्र पारेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *