संसद् बैठक स्थगित

भक्तपुर न्यूज

२२ वैशाख २०७४ ९:२१

काठमाडौँ, २२ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै विपक्षी दलहरुले अवरोध गरेपछि आजको व्यवस्थापिका–संसद्को दोस्रो बैठक स्थगित भएको छ ।

बैठक प्रारम्भ हुनासाथ सभामुख ओनसरी घर्तीले महाअभियोग प्रस्तावका प्रस्तावक नेपाली काँग्रेसका मीनबहादुर विश्वकर्मालाई प्रस्ताव प्रस्तुत गर्न समय दिएलगत्तै विपक्षी सांसदहरु आफ्नो स्थानबाट उठी प्रस्ताव फिर्ताको माग गर्दै वेल घेराउ गर्न पुगेका थिए ।

विपक्षीले नाराबाजी जारी राखेपछि सभामुख घर्तीले ‘संसदीय मूल्य, मान्यता र प्रक्रियाका बारेमा तपाईंहरुले ज्ञान राख्नुभएकै छ, प्रक्रियाको पालना गरौँ’ भनी आग्रह गर्नुभयो । तथापि विपक्षीले अवरोध जारी राखेपछि बैठक यही वैशाख २४ गते दिउँसो १ः०० बजेसम्मका लागि स्थगित गरियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *