३ सयले सस्तियो सुन

भक्तपुर न्यूज

२२ वैशाख २०७४ ६:३५

३ सयले सस्तियो सुन

काठमाडौं, २२ बैशाख । सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ५३ हजार ८ सय रुपैयाँ रहेको सुन आज ३ सय रुपैयाँले घटेर ५३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य पनि आज ५ रुपैयाँले घटेको छ । अघिल्लो दिन ७ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ७ सय ४० मा कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *