प्रधानमन्त्री दाहाल र हङ्गेरियन राजदूतबीच शिष्टाचार भेट

भक्तपुर न्यूज

२२ वैशाख २०७४ ६:२८

प्रधानमन्त्री दाहाल र हङ्गेरियन राजदूतबीच शिष्टाचार भेट

काठमाडौं, २२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि हङ्गेरीका गैरआवासीय राजदूत ग्युला पेथोबीच आज शिष्टाचार भेटघाट भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुईपक्षीय आपसी चासो र समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सो अवसरमा प्रधानमन्त्री दाहालले विकासका बहुआयामिक सम्भावनातिर लम्किरहेको विश्वलाई नेपालले मार्ग पछ्याइरहेको बताउँदै अहिलेको विश्व विकासको बहुआयामिक सम्भावनाका लागि नेपालमा लगानी सम्मेलन भयो, लगानीका निम्ति अनुकूल वातावरण बनिरहेको छ, आर्थिक वृद्धिदर विगतको तुलनामा उत्साहवर्धक छ, राजनीतिक स्थिरताको वातावरण बनिरहेको छ बताए ।
उनले सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचनमा सम्पूर्ण पार्टीहरू होमिएको र निर्वाचनले जनतामा ठूलो उत्साह पैदा गरेको उल्लेख गर्दै एकैचोटी हजारौँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि राजनीतिक स्थिरता र विकासले गति लिने बताएका छन् ।
भेटमा राजदूत पेथोले पछिल्लो समयमा नेपालले हासिल गरेको आर्थिक प्रगतिप्रति खुसी व्यक्त गर्दै नेपालको विकास र राजनीतिक स्थिरताका लागि हङ्गेरीको सधैँ सहयोग र सद्भाव रहने प्रतिवद्धता व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *