नगरको समग्र समृद्धिमा अग्रसर हुने प्रतिबद्धता

भक्तपुर न्यूज

२१ वैशाख २०७४ ८:३२

नगरको समग्र समृद्धिमा अग्रसर हुने प्रतिबद्धता

भक्तपुर २१ बैशाख । आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरमा चुनावी चहलपहल बढेको छ । भक्तपुरमा रहेको चारवटै नगरपालिकामा सबै दलहरुले राजनीतिक चहलपहल बढाएका छन् ।
नगरपालिकाका नगरप्रमुख पदका उम्मेदवारहरुले यहाँका नगरहरुको समग्र विकासका साथै देशकै नमूना नगरका रुपमा भक्तपुरका नगरलाई विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।
रफत सञ्चार क्लबमा आज आयोजित  साक्षात्कार कार्यक्रममा बोल्दै भक्तपुरका विभिन्न नगरपालिकाका नगर प्रमुख उम्मेदवारहरुले यहाँको शिक्षा, स्वास्थ्य, सडक, ढल निकास, पर्यटन लगायतका क्षेत्रको समग्र विकासका लागि  लागि पर्ने मा जोड दिएका छन ।


कार्यक्रममा मध्यपुरथिमी नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार अष्ट कबेले मध्यपुरको समग्र विकासका साथै मनोहरा र हनुमन्ते खोलाको फोहोर व्यवस्थापन गरी यस नगरलाई स्वच्छ, सफा र हरियाली बनाउँने बताए ।
उनले नगरमा खेलकुदको विकासका साथै यहाँको कृषि क्षेत्र विकास गर्दै उत्पादन बद्धि गरी आम नगरबासीलाई कृषिमा आत्मनिभर बनाउँने  प्रतिबद्धता जनाएका छन् । उनले मध्यपुर थिमी नगरलाई सूचनामैत्री बनाउने पनि योजना रहेको जानकारी दिएका छन् ।

यस्तै चाँगुनारायण नगरपालिकामा एमालेको तर्फबाट मेयरका उम्मेदवार सोम मिश्रले नगरको धार्मिक, साँस्कृतिक पर्यटन विकासका साथै यहाँको समग्र विकासमा लागि पर्ने बताए ।
उनले वीर अस्पतालको चाँगुमा स्थापना गरी यस क्षत्रेका मात्रै नभई भक्तपुर जिल्लाकै नागरिकको स्वास्थ्यमा  पहुँचबृद्धि गराउने बताएका छन् । चाँगु क्षेत्र आफैमा पयटकिय क्षेत्र भएकोले यहाँको आन्तरिक तथा बाह्रय पर्यटनलाई अझै मजबुद बनाउँदै नमूना पर्यटकिय नगरको रुपमा चाँगुलाई विकास गर्ने जानकारी दिए ।


कार्यक्रममा  सूर्यविनायक नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार दिलकृष्ण तजले सूर्यविनायकलाई पर्यटकिय सूचना केन्द्रका रुपमा विकास गर्ने बताए ।  उनले सूर्यविनायलाई धार्मिक तथा पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न डोलेश्वर महादेव,आशापुरी लगायतका यहाँका धार्मिक स्थलको संरक्षण गर्ने र एक घर एक रोजगारीको अभियान अघि बढाउने बताए ।
उनले सूर्यविनयाक क्षेत्रको सुरक्षा मजबुद बनाउँनका लागि यस नगरपालिकाका विभिन्न स्थानमा सिसि क्यामरा जडान गर्ने र सुरक्षा व्यवस्था कडा पार्ने लगायतका योजनाहरु सार्वजनिक गरेका छन् ।

रफत सञ्चार क्लबका अध्यक्ष सुशिलबन्धु थापाको अध्यक्षतामा भएको कार्यक्रममा चाँगु नारायण नगरपालिकामा राप्रपाका तर्फबाट मयरका उम्मेदवार रविन्द्रप्रताप शाहले हिन्दु राष्ट्र कायम गर्नुको साथै भष्टाचार मुक्त नगर स्थापना र यहाँको समग्र विकासका लागि आफु लागिपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *