स्थानीय चुनावमा राष्ट्रपतिले भोट नहाल्ने
काठमाडौं २१ बैशशाख । राष्ट्रपति विद्या भण्डारीले स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने भएकी छन् । उनले मतदान केन्द्रमा नै जाने निर्णय लिएकी हुन् । ‘मतदान केन्द्रमा जानु भनेको कुनै दललाई मत दिनु हो,’ प्रेस सल्लाहकार माधव शर्माले भने, ‘राष्ट्रपति संविधानको संरक्षक हो । उहाँले भोट हाल्नु हुन्न ।’
स्थानीय तहको पहिलो चरणको निर्वाचनका क्रममा राष्ट्रपति भण्डारी श्रीलंका जाने तयारीमा छिन् । बैशाख २९ गतेदेखि सुरु हुने ५ दिने क्रमणका क्रममा राष्ट्रपति क्यान्डीमा हुने बुद्ध पूर्णिमाको समापनमा मुख्य अतिथीको रुपमा सहभागी हुनेछिन् । राष्ट्रपतिको यो भ्रमण कार्यक्रम सम्भवतः बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४२