भक्तपुर काँग्रेस उम्मेदवारहरु विकासमा प्रतिबद्ध

भक्तपुर न्यूज

२० वैशाख २०७४ ७:१९

भक्तपुर काँग्रेस उम्मेदवारहरु विकासमा प्रतिबद्ध

भक्तपुर २० बैशाख । आगामी स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट विभिन्न नगरको नगर प्रमुख पदमा उम्मेदवार बनेका नेताहरुले आफ्नो विजयसँगै नगरमा बिकासको पाटोलाई पहिलो सूचिमा राखेको बताएका छन् ।

रफत सञ्चार क्लबमा आयोजित साक्षत्कार कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा सूर्यविनायक नगरपालिकामा काँग्रेसको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार बिष्णुराज कार्कीले आफनो जितसँगै सूर्यविनायक नगरको शिक्षा, स्वास्थ्य र सडक विकासलाई प्राथमिकतामा राखेको बताएका छन् । उनले सूर्यबिनायक नगरपालिकामा रहको धार्मिक क्षेत्रको बिकास गर्दै यस क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा अगाडी लैजान र यो सफल हुने बताए ।

उनले भक्तपुर नेपालकै सफल कृर्षि उत्पादनको जिल्लाको रुपमा रहेको र कृर्षिलाई आधुनिकरण गर्दै स्वरोजगारीको अवसर श्रृजना गर्ने बताए । भक्तपुरको सूर्यबिनायक नगरपालिकामा बन्न लागेको राष्ट्रिय प्राणी उद्यानको पूर्णता तर्फ अग्रसर बन्दै यस नगरमा भएका जैबिक बिबिद्यताको संरक्षण प्रर्वद्धनमा आफ्नो भूमिका अहंम रहने बताए ।

यसैगरी चाँगुनारायण नगरपालिकामा काँग्रेसका उम्मेदवार राजाराम खड्काले आफनो जीतसँगै चाँगु नारायण क्षेत्रको समग्र समृद्धिका साथै यहाँको पर्यटन विकास र खानेपानी तथा सडक विस्तारमा लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल मजदुर किसान पार्टीको गढका रुपमा रहेको भक्तपुर नगरपालिकामा काँग्रेसको तर्फबाट मेयरको उम्मेदवार भएका राम प्रसाद कासुलाले भक्तपुरको समग्र विकासका साथै यहाँको शिक्षा, खानेपानी सडक र ढल निकासको समस्यालाई समाधान गर्ने बताएका छन् । कार्यक्रम रफत सञ्चार क्लबका अध्यक्ष सुशिलबन्धु थापाको अध्यक्षतामा भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *