नेमकिपाबाट पूर्वसभासद प्रजापतिको मेयरमा उम्मेदवारी
भक्तपुर १९ बैशाख । भक्तपुर नगरपालिकाको नेपाल मजदूर किसान पार्टीबाट सुनिल प्रजापति मेयरको उम्मेदवार बनेका छन् ।
नेपाल मजदुर किसान पार्टीको गढका रुपमा रहेको भक्तपुर नगरपालिकामा प्रजापति मेयरको उम्मेदवार बनेका हुन् । उनी पूर्वसभासद तथा नेमकिपाका केन्द्रीय सचिवसमेत हुन् ।
पहिलो संविधानसभा निर्वाचनमा प्रजापतिले भक्तपुर क्षेत्र नम्बर २ बाट सभासद निर्वाचित भएका थिए । तर, दोस्रो संविधानसभा निर्वाचनमा भने कांग्रेसका रामेश्वर ढुंगेलसँग पराजित भएका थिए ।
उम्मेदवारी दर्तापछि उनले भने, ‘म पार्टीको कार्यकर्ता हुँ । पार्टीले विगतमा सभासद उठ् भन्यो उठें । अहिले मेयरमा उठ् भन्यो उठें ।’
विगतमा स्थानीय तह नहुँदा पनि आफूहरुले धरै काम गरेको भन्दै उनले यसपटक अधिकार सम्पन्न भएकाले झन् धेरै काम गर्ने बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४७