तथ्यांकमा ३, ४ र ६ नम्बर प्रदेशको निर्वाचन

भक्तपुर न्यूज

१९ वैशाख २०७४ ८:५१

तथ्यांकमा ३, ४ र ६ नम्बर प्रदेशको निर्वाचन

भक्तपुर, १९ बैशाख – वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागि तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा आज बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ ।
मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमा पुगेर उम्मेदवारहरुले मनोनयन दर्ताका लागि सम्पर्क राख्न थालेको निर्वाचन आयोगले जनाएको छ ।
तथ्यांकमा पहिलो चरणको निर्वाचन
निर्वाचन हुने प्रदेशः ३, ४ र ६
महानगरपालिका संख्याः ४
उपमहानगरपालिका संख्या स् १
नगरपालिका संख्याः ९२
गाउँपालिकाका संख्याः १८६
यी सबै गरी जम्मा २८३ स्थानीय तहमा मेयर, उपमेयर तथा अध्यक्ष तथा उपाध्यक्ष पदका लागि मनोनयन हुन्छन् ।
कहाँ कति जनप्रतिनिधि चयन हुने
महानगरमा १२३
उपमहानगरमा १९
नगरपालिकामा १०९१
गाउँपालिकामा १३६५
वडाध्यक्षमा २५९८ जनप्रतिनिधि चयन हुने
२५९८ वडाका लागि चार सदस्यका दरले १०,३९२ वडा सदस्य पनि निर्वाचित हुने
– २५९८ वडा सदस्यमा महिला, २५९८ दलित महिला गरी ५१९६ वडा सदस्य पदका लागि महिलाको उम्मेदवारी हुनेछ ।
– प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाको २८३ स्थानीय तहका लागि हुने निर्वाचनमा कुल ४९ लाख ५६ हजार ९२५ मतदाता रहेका छन् । निर्वाचन प्रयोजनका लागि ६६४२ मतदान केन्द्रमा मतदान हुनेछ ।
–उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुख÷उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधान रहेको छ । –वडा तहमा पनि ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *