सूर्यविनायक नगरमा काँग्रेसबाट मेयरमा कार्की
भक्तपुर १९ बैशाख ।
आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचका लागि भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुख मेयर पदका लागि नेपाली काँग्रेसले विष्णुराज कार्हीलाई उम्मेदवार बनाएको छ । भक्तपुरका सबै नगर र गाउँपालिकामा प्रमुख उपप्रमुख लगायतका पदमा उम्मेदवार तोकी मनोनयन गराउँनका लागि आज बसेको भक्तपुर काँग्रेस बैठकले अहिलेसम्म सूर्यविनायकको मेयरमा कार्कीलाई मनोनित गरेको हो ।
भक्तपुर काँग्रेसका अनुसार अन्य नगरपालिकाको लागि उम्मेदवार छनौटका लागि छलफल चलिरहेको छ । निर्वाचन आयोगले तोकेको मनोनयन दर्ताको समयसम्म सबै नगरमा मेयर उपमेयर लगायतका पदमा काँग्रेसका तर्फबाट उम्मेदवारले मनोनयन दर्ता गराउने तयारी भैरहेको काँग्रेस निकट स्रोतले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ असार २०८२ ७:३९
अमेरिकामा सांसदको गोली हानेर हत्या
१ असार २०८२ ७:३५
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१ असार २०८२ ७:४४
मनसुन सक्रिय भएकाले सावधान रहन आग्रह
१ असार २०८२ ७:४७