कांग्रेसले टुंगो लगायो तीनवटै महानगरको उम्मेदवार

भक्तपुर न्यूज

१९ वैशाख २०७४ ७:४२

कांग्रेसले टुंगो लगायो तीनवटै महानगरको उम्मेदवार

काठमाडौं १९ बैशाख ।  नेपाली कांग्रेसले काठमाडौं महानगरको मेयर पदमा राजुराज जोशीलाई उम्मेद्‍वार बनाउने भएको छ। उपमेयर पदमा भने हरिप्रभा खड्गीको नाम टुंगो लगाएको छ।

काठमाडौंको मेयरका लागि कांग्रेसले स्वास्थ्यमन्त्री गगन थापा र उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई प्रस्ताव गरेको थियो। उनीहरु दुवै जनाले मेयर उम्मेदवार अस्वीकार गर्दै राजुराज जोशीलाई सहयोग गर्ने बताएपछि उनको उम्मेदवारी तय भएको हो।

कांग्रेसले पोखरा महानगरको मेयर दपमा रामजी कुँवर र उपमयेर पदमा पत्रकार सरस्वती गुरुङलाई उम्मेदवार बनाउने निश्चित गरेको छ। यसैगरी भरतपुर महानगरको मेयर पदमा दिनेश कोइराला र उपमेयर पदमा पारवती शाहको नाम टुंगो लगाएको छ।

उम्मेदवार चयन गर्न कांग्रेस केन्द्रीय कार्यालयमा बैठक जारी छ। वैशाख ३१ मा प्रदेश नम्बर ३, ४ र ६ हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताको समय आज पाँच बजेसम्म रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *