एनसेलले ल्यायो बिना सेवा शुल्क ३० रूपैयाँ लिन पाइने

भक्तपुर न्यूज

१८ वैशाख २०७४ ९:१६

एनसेलले ल्यायो बिना सेवा शुल्क ३० रूपैयाँ लिन पाइने

काठमाडौं, १८ बैशाख । एनसेलका प्रिपेड ग्राहकले अब एनसेल सापटीको नयाँ योजनाअन्तर्गत बिनाकुनै सेवा शुल्क एनसेल सापटी लिन सक्ने भएका छन् । ग्राहकले आफ्नो मेन ब्यालेन्स ५ रुपैयाँ वा सोभन्दा कम भएमा एनसेल सापटी सुविधामार्फत बिना सेवा शुल्क अझै बढी रकम सापटी स्वरुप लिन सक्नेछन् ।
मई दिवसको उपलक्ष्यमा ल्याइएको योजना आजदेखि लागु गरेको छ । यो योजना अन्तर्गत प्रिपेड सेवाका ग्राहकले बिनाकुनै सेवाशुल्क ३० रुपैयाँ सापटी लिन सक्नेछन् । आफ्ना ग्राहकका लागि एनसेलले सन् २०१२ देखि सापटी सेवा प्रदान गर्दै आएको छ । प्रिपेड ग्राहकले आवश्यकता अनुसार आफ्ना मेन ब्यालेन्स रु ५ वा सो भन्दा कम भएपछि जति पटक पनि यो सेवाबाट लाभ लिन सक्नेछन् । यद्यपि ग्राहकले आफुले लिएको सापटीको रकम पुरा चुक्ता नगरेसम्म अर्को सापटी लिन पाउँने छैनन् । सापटी रकम ग्राहकको मुख्य ब्यालेन्समा जोडिनेछ र प्राप्त रकमबाट ग्राहकले कुनै पनि नेटर्वकमा कल गर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको अन्य सेवाप्रयोग गर्न सक्ने एनसेलले जनाएको छ ।
एस्ट्रिक्स ९९८८ ह्यास डायल गरि प्राप्त निर्देशनअनुसार प्रिपेड ग्राहकले यो सेवा सुचारु गर्न सक्नेछन् । सापटी लिइएको रकम ग्राहकले रिचार्ज गरेपछि मेन ब्यालेन्सबाट घटाइनेछ । यदि रिचार्ज गरिएको रकम ३० रुपैयाँभन्दा कम भएमा रिचार्ज गरिएको सम्पुर्ण रकम काटिने छ र बाँकी रकम अर्को रिचार्जमा काटिने छ । प्रिपेड ग्राहकले एस्ट्रिक्स ९०१ ह्यास डायल गरि बाँकी रहेको सापटी रकमको बारेमा जानकारी लिन सक्नेछन् । एनसेलसापटी अन्तर्गतको यो योजना १५ दिनको लागि मान्य हुने एनसेलले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *