एमालेले घोषणापत्र सार्वजनिक नगर्ने

भक्तपुर न्यूज

१७ वैशाख २०७४ १०:०९

एमालेले घोषणापत्र सार्वजनिक नगर्ने

काठमाडौ, १७ बैशाख ।
नेकपा एमालेको स्थानीय तहको चुनावको घोषणापत्र आइतबार सार्वजनिक नगर्ने भएको छ । आइतबार दिउँसो तीन बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको एमालेले सम्पादन कार्य पूरा नभएको भन्दै कार्यक्रम स्थगित गरेको जनाएको छ ।

घोषणापत्र तयार भएपनि सम्पादन कार्य पुरा नभएपछि सार्वजनिक गर्ने कार्यक्रम स्थगित भएको प्रचारविभाग सचिव विष्णु रिजालले जानकारी दिए । एमालेको घोषणापत्रमा पाँच वर्षभित्र ५ हजार अमेरिकी डलर आम्दानी हुने गरी आर्थिक स्रोतहरू परिचालित गर्ने, तीन वर्षभित्र गरिबी समाप्त पार्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने, वृद्धभत्ता बढाएर पाँच हजार पुराउने लगायतका विषय उल्लेख छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *