एमालेद्वारा उम्मेदवारको घोषणा
भक्तपुर, १७ वैशाख । नेकपा एमालेले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मध्यपुर थिमि नगरपालिकाका लागि पार्टीको उम्मेदवार घोषणा गरेको छ । एमालेले मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा मदनसुन्दर श्रेष्ठ र उपप्रमुखमा सुशीला सुवेदीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।
त्यसैगरी एमालेले सूर्यविनायक नगरपालिकाको उपप्रमुखमा जुना बस्नेत र भक्तपुर नगरपालिकाको प्रमुखमा रिता अवाललाई सर्वसम्मत रुपमा उम्मेदवारको घोषणा गरेको एमाले प्रचार विभाग प्रमुख श्यामसुन्दर बस्नेतले जानकारी दिए । नगर प्रमुखको घोषणा भने हुन सकेको छैन् ।
यस्तै चाँगुनारायण नगरपालिकाको प्रमुखमा सोम मिश्र, हरिशरण लामिछाने, मोहनवीर श्रेष्ठ, रमेश बुढाथोकी, नवराज गेलाल र दामोदर दङ्गालको नाम एमाले– ३ नम्बर प्रदेश कमिटीमा सिफारिस भएको उनले बताए । भक्तपुर नगरपालिकाको प्रमुखमा विष्णु अवाल, केपी चावल र श्रीकुमार रञ्जित तथा उपप्रमुखमा रिता अवालको नाम सर्वसम्मतले घोषणा भएको एमाले भक्तपुरले जनाएको छ ।