आइसिटीमा महिलाको पहुँच बढाउनुपर्छः सञ्चारमन्त्री कार्की
काठमाडौ, १४ बैशाख । सूचना तथा सञ्चारमन्त्री सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सूचना, सञ्चार र प्रविधि आइसिटीको क्षेत्रमा महिलाको पहुँच बढाउनुपर्नेमा जोड दिएका छन्।
‘इन्टरनेसनल गल्र्स इन आइसिटी डे १०१७’ को अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आज यहाँ आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले समग्रमा ९आइसिटी० क्षेत्रमा महिलाको सहभागिता र पहँुच अत्यन्त कम भएकाले त्यसलाई बढाउनुपर्ने बताएका हुन्।
“महिलाको बौद्धिक विकास नभएसम्म उनीहरूको चौतर्फी विकास हुन गाह्रो छ, त्यसका लागि अरुले भन्नेभन्दा पनि महिला स्वयम् सक्रिय हुन आवश्यक छ”– मन्त्री कार्कीले भने।
गाउँगाउँमा इन्टरनेटको नारा मात्रै लगाउनेभन्दा पनि इन्टरनेट के का लागि प्रयोग गर्ने र कसरी प्रयोग गर्ने भन्ने मुख्य विषय भएको उनको भनाइ छ । राष्ट्रिय महिला आयोगका अध्यक्ष भगवती घिमिरेले आर्थिक, सामाजिक र राजनीतिकलगायत राज्यका हरेक संरचनामा महिलाको समान सहभागिता गराउन जोड दिए।
प्राधिकरणका अध्यक्ष दिगम्वर झाले ग्रामीण क्षेत्रका प्रत्येक विद्यालय, स्वास्थ्यचौकी, प्रत्येक गाउँपालिकामा अनिवार्य इन्टरनेट पु¥याउने तयारी भइरहेको जानकारी दिए।