प्रचण्डले बोलाए शुक्रबार सर्वदलिय बैठक

भक्तपुर न्यूज

१४ वैशाख २०७४ ८:४३

प्रचण्डले बोलाए शुक्रबार सर्वदलिय बैठक

काठमाडौ, १२ बैशाख । स्थानीय चुनाव र संविधान संशोधनबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक आह्वान गरेका छन् । शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरुको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

यसैबीच प्रधानमन्त्री प्रचण्डले बिहीबार संघीय गठबन्धनका नेताहरुसँग बालुवाटारमा छलफल गरेका छन् । बैठकमा संसद सञ्चालन र संविधान संशोधन विधेयकका बारेमा छलफल भएको थियो ।

बैठकमा संविधान संशोधन विधेयकलाई द्रुतमार्गबाट पारित गर्ने सहमति भएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित, उपप्रधानमन्त्री कमल थापा, माओवादी केन्द्रका नेता वर्षमान पुन र संघीय गठबन्धनका शीर्ष नेताहरु सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *