बाँकेका गाउँपालिकामा को–को हुँदैछन् उम्मेदवार ?

भक्तपुर न्यूज

१२ वैशाख २०७४ ८:०३

नेपालगन्ज ११ बैशाख । पश्चिम नेपालको ठूलो उपमहानगरपालिका नेपालगन्ज र भर्खरै नगरपालिका घोषणा भएको कोहलपुरका साथै बाँकेका सबै गाउँपालिकाहरुमा चुनावी चहलपहल बढेको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेमा दर्ता भएका सबै राजनीतिक दलहरु यतिबेला गाउँपालिकामा केन्द्रीत भएका छन् । चुनावी परिणाम आफनो पोल्टामा पार्न ठूला तीन दलमात्र नभई साना दलहरु पनि चुनावी माहोलमै व्यस्त देखिन्छन् ।दबपभ नबगउबष्पिब mबउ

खजुरा गाउँपालिका
जिल्लाका गाउँपालिका मध्ये खजुरा गाउँपालिकालाई राजनीतिक दलहरूले विशेष महत्वका साथ लिएको बुझिएको छ । खजुरा क्षेत्र नगरपालिकाका लागि सिफारिस भएपनि राजनीतिक दलबीच कुरा नमिल्दा अन्तिममा आएर रोकिएको थियो । बाँकेमा नेपालगन्ज, कोहलपुरपछि खजुरा ठूलो बजार हो । पहाडी क्षेत्रबाट बसाई सरेर आएका तथा अवकाशप्राप्त नेपाली, भारतीय र बेलायती सैनिक परिवारको बाक्लो बसोबास रहेको खजुरा विकासको दृष्टिले पनि अगाडि नै छ ।

यहाँ गाउँपालिकाको अध्यक्ष पदका लागि कांग्रेसबाट एक दर्जनभन्दा बढीले दाबी गरिरहेका छन् । नेपाली कांग्रेसमा  पूर्वजिल्ला सभापति कृष्णमान श्रेष्ठदेखि संगठन विभाग प्रमुख महेन्द्र मल्ल ठकुरी समेत आकांक्षी बनेका छन् । क्षेत्रीय सभापति नक्की खाँ, जनजाति नेता रमेशकुमार सिंजाली, उत्तमराज घिमिरे, रामेश्वर कँडेल, राजेन्द्रकुमार आचार्य, चन्द्र हमाल, देवेन्द्रमान श्रेष्ठ, अर्जुनसिंह पाण्डे पनि आकांक्षी छन् ।
यसैगरी दोस्रो ठूलो दल एमालेमा पनि धेरैको नाम चर्चामा छ । एमालेका पूर्वअध्यक्ष नन्दलाल रोकाय, पूर्वजिल्ला सचिव बाबुराम गौतम, जिल्ला प्रचार विभाग प्रमुख किस्मतकुमार कक्षपति, प्रदेश नं। ५ का सदस्य वेदनिधि प्याकुरेल, होमनाथ सापकोटा, लालबहादुर खत्री, जिल्ला कमिटी सदस्यद्वय सतीश निरौला र एकमाया बिक तथा पूर्णबहादुर भण्डारीको चर्चा गाउँपालिका प्रमुखमा छ । एमाले बाँकेका सचिव रत्न खत्रीले पनि उम्मेदवार बन्ने चाह व्यक्त गरेका छन् ।

खजुरामा तेस्रो ठूलो दल माओवादी केन्द्रमा पनि उत्तिकै चर्चा छ । माओवादी केन्द्रका तर्फबाट केन्द्रीय सदस्यद्वय डम्बरबहादुर बिक ‘तुफान’ र परमानन्द बर्माको नाम अगाडि छ । जिल्ला सल्लाहकार कान्तु गौतम पनि चर्चामा छन् । माओवादी केन्द्रका जिल्ला संयोजक आइपी खरेलको नाम पनि आकांक्षीका रूपमा लिइएको छ ।  यहाँ राप्रपाका तर्फबाट तेजविक्रम शाह, सजल थापा, मोहनबहादुर खड्का र केबी शाहीको नाम चर्चामा छ । यो गाउँपालिकामा साबिकका खजुरा गाविस, बागेश्वरी, रनियापुर, सोनपुर, उढरापुर, सीतापुर र राधापुर गाविस पर्दछन् ।

बैजनाथ गाउँपालिका
बैजनाथ गाँउपालिकामा पनि चुनावी सरगर्मी सुरु भइसकेको छ । गाउँपालिका अध्यक्षका लागि एमालेबाट मात्रै एक दर्जन बढी दाबेदार देखिएका छन् । लोकतन्त्रका योेद्धा बैजनाथ थारूको नामबाट नामकरण भएको गाउँपालिकामा थारू समुदायको बाहुल्य छ । बैजनाथ गाउँपालिकाअन्तर्गत टिटिहिरिया, वनकटवा, नौवस्ता, चिसापानी रहेका छन् ।

गाउँपालिको अध्यक्षका लागि एमालेका जिल्ला सचिवालय सदस्य चन्द्रबहादुर चौधरी, पुराना नेता नन्द विश्वकर्मा, ४ नम्बर क्षेत्रीय अध्यक्ष घननाथ खनाल, व्यवसायी पुनितविक्रम शाह, मनकुमारी चन्द, मानबहादुर रुचाल, मानबहादुर खत्री, भगवती शाह, माधव शाही, प्रेम खत्री, भद्रबहादुर बस्नेत, रामविलास थारूलगायतको नाम चर्चामा छ । यस्तै कांग्रेसबाट महाधिवेशन प्रतिनिधि देवबहादुर केसी, महाधिवेशन प्रतिनिधि चन्तराम थारू, पूर्वजिल्ला सदस्य देवबहादुर केसी, चिसापानीका प्रकाश शाह, नौवस्ताका केशव शाह र दुर्गाबहादुर घिमिरे, वनकटवाका सभापति गगनबहादुर खत्री, केशव शाहलगायतको नाम चर्चामा छ ।

माओवादी केन्द्रका तर्फबाट गाउँपालिका पार्टी अध्यक्ष देवबहादुर रावत, सचिव राजमोहन चौधरी, रामबहादुर थारू, कृष्णबहादुर शाही, कृष्ण जिएम, धनीराम जैसीको नाम चर्चामा छ । राप्रपाका तर्फबाट तारकसिंंह चौधरीको नाम अग्रस्थानमा छ भने टोपबहादुर शाहीको नामसमेत बाहिर आएको छ ।

राप्ती–सोनारी गाउँपालिका
राप्ती सोनारी गाउँपालिकामा कांग्रेसबाट बाँकेका  पूर्व कार्यवाहक सभापति लाहुराम थारू, जिल्ला सचिव तप्त पौडेल, डिल्ली गिरी, कृष्ण पौडेल, भीम रानाको दाबेदारी रहेको छ । त्यस्तै एमालेबाट रामदास थारू, तुलसीराम थारू, सेवानिवृत्त शिक्षक लालबहादुर थापाले अध्यक्ष पदमा चासो राखेका छन् ।

यस्तैगरी माओवादी केन्द्रबाट पूर्वसभासद् पट्टु थारू ९प्रदीप थारू०, ताराबहादुर कसेरा र महिला नेतृ नमुना केसी चर्चामा छन् । राप्रपाबाट जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, देवेन्द्र पौडेल, रोशन पौडेल, दीपक पौडेल र सुरेश भण्डारीले आकांक्षा राखेका छन् ।

जानकी गाउँपालिका
मधेसी समुदायको बाहुल्य रहेको जानकी गाउँपालिकामा कांग्रेसबाट पूर्वक्षेत्रीय सभापति जगदम्बाप्रसाद पाठक, दुखिराम लोनिया, छब्बन खाँ, रामदयाल कुर्मी, हौसीलाल कुर्मी चर्चामा रहेका छन् । एमालेबाट भने जिल्ला सचिवालय सदस्य पदम धितालका साथै पूर्व जिल्ला उपाध्यक्ष इन्द्रबहादुर थापा, राम निवास यादव, रामगोपाल कुर्मीको नाम पनि चर्चामा छ ।

यस्तै माओवादी केन्द्रका रक्षाराम बर्मा, गोब्रे साईको पनि चर्चाको सूचीमा रहेको छ । मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक० बाट पूर्वजिल्ला अध्यक्ष हिरालाल लोनिया र प्रकाश लोनिया तथा मधेसी मोर्चाका त्रिवेणी कुर्मी, नन्द किशोर बर्मा, राजेश बर्मा, राजकिशोर मिश्रले पनि आकांक्षा देखाएका छन् ।

डुडुवा गाउँपालिका
डुडुवा गाउँपालिका  मधेसी र मुस्लिम बाहुल क्षेत्र हो । यस क्षेत्रमा कांग्रेसबाट नरेन्द्र चौधरी ९पप्पु० र विजयबहादुर यादवको नाम चर्चामा छ । यस्तै एमालेबाट मिनबहादुर थापा, कप्तान पाठक, जमिल खान इच्छुक रहेका छन् भने माओवादी केन्द्रबाट भोला यादवको नाम चर्चामा रहेको छ ।

मधेसी मोर्चा चुनावमा सहभागि भए संघीय समाजवादी फोरमका कामता प्रसाद सोनकर वा जगदीश बहादुर सिंह उम्मेदवार हुने सभावना छ ।

नरैनापुर गाउँपालिका
नरैनापुर गाउँपालिकामा पनि स्थानीय निकायको चुनावको उत्तिकै चहलपलह देखिएको छ । यहाँ कांग्रेसबाट रामचन्द्र मौर्य, ईशाहक जोलाह मुख्य दाबेदार हुन् ।

यस्तै एमालेका विक्रम यादव, माओवादी केन्द्रबाट मेराज खान, संघीय समाजवादी फोरम नेपालबाट अजय श्रीवास्तव, सद्भावनाबाट डिट्ठाप्रसाद मौर्य प्रमुख पदका लागि उम्मेदवारको चर्चामा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *