निर्वाचन सम्बन्धी सामग्री जिल्ला पठाउन सुरु

भक्तपुर न्यूज

२७ चैत २०७३ ५:५३

निर्वाचन सम्बन्धी सामग्री जिल्ला पठाउन सुरु

काठमाडौं २७ चैत । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आवश्यक सामग्री जिल्ला पठाउन सुरु गरेको छ । आयोगले शनिबारसम्ममा ५४ जिल्लाका लाग मतदाता शिक्षा सम्बन्धी सामग्री पठाएको जनाएको छ ।

यस पटक मतदाता शिक्षाका लागि पाँच प्रकारका पोस्टर, निर्वाचनका सम्बन्धमा बारम्बार सोधिने प्रशनको जवाफ, हातेपुस्तिका, स्रोत पुस्तिका जस्ता सामग्री तयार पारिएको मतदाता शिक्षा शाखाले जानकारी दिएको छ ।
मतदाता शिक्षाका लागि वैशाख १ गतेदेखि २१ हजार मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेवक मतदाताको घरदैलोमा खटिने आयोगले जनाएको छ । उनीहरुले मतदानका विषयमा शिक्षा प्रदान गर्नेछ । आयोगले मतदाता परिचय वितरणको काम भने आगामी वैशाख २८ देखि ३० गतेसम्म सम्बन्धित मतदान केन्द्रबाटै गर्ने निर्णय गरेको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *