राणाकालीन राजनीतिको पुनराबृत थ्रेस होल्ड : बिजुक्छें
भक्तपुर २६ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले राणाकालको राजनीतिलाई निरन्तरता दिन ठूला दलहरुले चालबाजीका साथ थ्रेस होल्ड ल्याएको बताएका छन् ।
नेपाल प्रध्यापक संघको राष्ट्रिय भेलाको उद्घाटन कार्यक्रममा बोल्दै बिजुक्छेंले राणा कालको राजनीतिलाई निरन्तरता दिँदै सबै दलहरुलाई सरकारमा सामेल गरेर प्रतिपक्षनै नराख्ने रणनीति अनुसार थ्रेस होल्ड लागू गर्न थालेको आरोप लगाएका हुन् ।
उनले नेपालको अनुकुल नभएको थ्रेस होल्ड ठूला दलहरुको राजनीतिक चाल भएको र यसले नेपाल जस्तो राजनीतिक अस्थिरता भएको देशमा सत्ता केन्द्रित ठूला दलहरुको मनोमानीले झनै देश बिकासको बाधक बन्ने भएकाले आफूहरुले सैदान्तिक र ब्यवहारिक रुपमा थ्रेसहोल्ड स्विकार नर्गने बताएका हुन् ।
बिभिन्न क्षेत्रका प्रज्ञा वर्गका साथै प्रध्यापकहरुको ब्यापक उपस्थिति रहेको कार्यक्रममा वक्ताहरुले सरकारले निशुल्क शिक्षा प्रदान तर्फ अग्रसर बन्नु पर्नेमा जोड दिएका थिए भने पूँजीबादी शिक्षा प्रणालीकै कारण नेपालमा सोचे जस्तो शिक्षा क्षेत्रको बिकास हुन नसेको बताए । कार्यक्रको सभापतित्व प्रध्यापक संघका अध्यक्ष सरोजराज गोसाँइले गरेका थिए ।