एमालेले चुनावको चर्का-चर्का कुरा गरे पनि चुनाव सार्न प्रस्ताव गर्नु आश्चर्य : पुन

भक्तपुर न्यूज

२६ चैत २०७३ ७:५८

एमालेले चुनावको चर्का-चर्का कुरा गरे पनि चुनाव सार्न प्रस्ताव गर्नु आश्चर्य :   पुन

बुटवल २६ चैत्र  । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले स्थानीय चुनाव सारेर कात्तिकमा गर्न नेकपा एमालेले प्रस्ताव ल्याएको दाबी गरेका छन् । एमालेबाट यसरी चुनाव सार्ने प्रस्ताव आउनु आश्चार्यजनक भएको पुनले बताए ।

 

माओवादी पार्टीको पाँच नम्बर प्रदेशको प्रशिक्षण कार्यक्रममा सहभागी हुन बुटवल आइपुगेका पुनले शुक्रबार प्रेस सेन्टरद्वारा आयोजित कार्यक्रममा एमालेले चुनाव सार्न आग्रह गरेको बताएका हुन् ।

एमालेको प्रस्तावबारे जानकारी दिँदै पुनले भने- ‘हामी सरकारमा आउँछौं, स्थानीय तहको चुनाव कात्तिकमा सारौं भनेर उहाँहरुले प्रस्ताव ल्याउनुभएको छ । यस्तो प्रस्ताव एमालेको शीर्ष नेतृत्वबाटै आएको पुनले बताए ।

प्रेस सेन्टर नेपाल पाँच नम्बर प्रदेशले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पुनले एमालेले चुनावको चर्का-चर्का कुरा गरे पनि भित्रीरुपमा स्थानीय चुनाव सार्न प्रस्ताव गर्नु आश्चर्यको विषय भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *