सभापति देउवा तीन दिने जिल्ला भ्रमणमा राजनीतिक अन्यौलता बढ्ने खतरा

भक्तपुर न्यूज

२६ चैत २०७३ ६:४५

सभापति देउवा तीन दिने जिल्ला भ्रमणमा राजनीतिक अन्यौलता बढ्ने खतरा

काठमाडौ २६ चैत्र । स्थानिय तह निर्वाचनमा मधेसी मोर्चालाई समेत सहभागी गराउने सरकार प्रयासमा लागि रहेको बेला काँग्रेसका सभापति शेरबहादुर देउवा भने जिल्ला भ्रमणमा लाग्दै छन् ।
देउवा आगामि वैशाख ३१ गतेको निर्वाचनलाई लक्षीत गरेर तीन दिने जिल्ला भ्रमणका लागी सुदुरपश्चिम जान लागेका हुन् । आन्दोलनरत संयुत्त लोकतान्त्रिक मधेसी मोर्चालाई पनि सहमतीमा ल्याउने प्रयास स्वरुप काँग्रेसका शिर्ष नेता सहित प्रधानमन्त्री दाहालले छलफललाई तिब्र बनाईरहेका बेला देउवा त्यसतर्फ जान लागेका हुन् ।
देउवा आज अपरान्ह तीन बजे धनगडि जाने र त्यहाँ आयोजना हुने स्थानिय तह निर्वाचन सम्बन्धि कार्यक्रममा सहभागी हुने जनाइएको छ भने भोली रुपन्देहि र पर्सि सोमबार दाङमा हुने निर्वाचन सम्बन्धी कार्यक्रममा उनले सहभागीता जनाउने कार्यक्रम रहेको छ ।

मुलुकमा जारी गतिरोध अन्त्य तथा मोर्चालाई सहमतीमा ल्याउने कसरत गर्नुको साटो देउवा पार्टीको चुनावि अभियानमा सहभागी हुन राजधानी बाहिर जान लागेपछि त्यसको आलोचना समेत हुन थालेको छ ।

तर काँग्रेसले आवश्यक परे उनी जुनसुकै बेला काठमाण्डौं फर्कन सक्ने जनाएको छ । प्रधानमन्त्री दाहालसँगै सभापति देउवाले संयुक्तरुपमा मोर्चासँग छलफल गरिरहेकोले उनको आवश्यकता परे तत्काल फर्कने जानकारी दिँदै काग्रेस नेता मिन बिश्वकर्माले दलीय छलफलमा प्रभाव नपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *