सरकारलाई आयोगले २ नम्बर प्रदेशको मतदान केन्द्रबारे २४ घण्टे अल्टिमेटम

भक्तपुर न्यूज

२५ चैत २०७३ ६:४१

सरकारलाई आयोगले २ नम्बर प्रदेशको मतदान केन्द्रबारे २४ घण्टे अल्टिमेटम

काठमाडौं, २५ चैत । निर्वाचन आयोगले २ नम्बर प्रदेशमा मतदात केन्द्रको टुंगो लगाउन नसकेको भन्दै सरकारलाई आज सम्मको अल्टिमेटम दिएको छ ।
आयोगले थप १० दिन दिँदा पनि सरकारले सहमतिका आधारमा २ नम्बर प्रदेशमा मतदात केन्द्रको टुंगो लगाउन नसकेको भन्दै आजका दिन भित्रमा केन्द्र तोक्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई अल्टिमेटम दिएको हो ।
आयोगले चैत १० भित्र सबै जिल्लामा मतदान केन्द्र तोकिसक्ने कार्यतालिका बनाए पनि २ नम्बर प्रदेशमा अझै मतदान केन्द्र तोकिएका छैनन् ।
मधेसी मोर्चाको विरोधका कारण २ नम्बर प्रदेशमा मतदान केन्द्र तोक्न थप १० दिन समय थपिएको थियो । तर, चैत २० भित्र पनि सरकारले २ नम्बर प्रदेशमा राजनीतिक सहमतिका आधारमा केन्द्र तोक्न नसकेपछि आयोगले अल्टिमेटम दिएको हो ।
प्रमुख निर्वाचन आययुक्त अयोधीप्रसाद यादवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हिजो टेलिफोन गरी आजका दिन भित्र २ नम्बर प्रदेशमा मतदान केन्द्रको टुंगो लगाइदिन आग्रह गरेको आयोग स्रोतले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *