अब देशलाई समृद्धितिर लैजानु पर्छ : पोख्रेल
दाङ, २३ चैत । नेकपा एमालेका नेता शङ्कर पोख्रेलले लोकतन्त्रको स्थायित्व र गणतन्त्रको संस्थागत विकास गरी अब देशलाई समृद्धितिर लैजानु पर्नेमा जोड दिएका छन् ।
तुलसीपुर नगर जेसीजले आज तुलसीपुरमा आयोजित नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले लोकतन्त्रलाई संस्थागत गरी विधिको शासन स्थापित गर्न सबै लाग्नुपर्ने बताए ।
नेता पोख्रेलले नयाँ वर्ष २०७४ साललाई लोकतन्त्रको स्थायित्व र गणतन्त्रको संस्थागत गर्ने वर्षको रुपमा मनाउन पर्ने भन्दै यसमा विशेष गरी युवा वर्गले खबरदारी गर्नुपर्ने बताए ।
हजारौं नेपाली युवा विदेशीएकाले मुलुकको आर्थिक समृृद्धिमा लागि अब स्वदेशमै स्वरोजगार सिर्जना गर्नुपर्नेमा उनको जोड छ ।
स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने भन्दै नेता पोख्रेलले निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन गरेपछि मात्रै देशलाई समृृद्धितर्फ लैजान सकिने बताए ।