नयाँ डिजाइनमा आयो सामसुङ ग्यालेक्सी ए सेभेन

भक्तपुर न्यूज

२३ चैत २०७३ ६:५२

नयाँ डिजाइनमा आयो सामसुङ ग्यालेक्सी ए सेभेन

काठमाडौं, २३ चैत । सामसुङ नेपालले ग्यालेक्सी ए सेभेनलाई नयाँ डिजाइनमा नेपाली बजारमा ल्याएको छ । ५ दशमलव ७ इन्चको यो फोनलाई मेटल बडीसहित हार्मोनियस प्रिमियम डिजाइन दिइएको छ । डबल सिम राख्न मिल्ने फोन पानी तथा धुलो छिर्नबाट मुक्त हुने कम्पनीले दावी गरेको छ ।
यसमा प्रिमियम आल्मुनियम फ्रेम रहेको छ । पछाडि थ्री डी कर्भ्ड ग्लास प्रस्तुत गरिएको छ । अगाडि र पछाडि दुवैतिर १६ मेगापिक्सलको क्यामेरा रहेको फोनको मूल्य ५४ हजार ९ सय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।
फोनमा थ्री जिबी र्याम तथा ३२ जिबी रोम छ । ३६ सय एमएएच पावरको ब्याट्री छ । फोन दुई रंगहरु ब्ल्याक स्काई र गोल्ड स्याण्डमा रहेको छ । लन्च गरेको अवसरमा ३२ जिबी माइक्रो एसडी कार्ड र १० हजार ४०० एमएएच पावरब्याङ्क उपलव्ध गराइने सामसुङ नेपालले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *