कोलम्बियामा राष्ट्रिय आपतकालिन अवस्थाको घोषणा

भक्तपुर न्यूज

२२ चैत २०७३ ५:५९

कोलम्बियामा राष्ट्रिय आपतकालिन अवस्थाको घोषणा

एजेन्सी, २२ चैत । कोलम्बियामा लगातारको वर्षासँगै आएको बाढी तथा पहिरोमा परि दुई सय भन्दा धेरैको मृत्यु गएपछि राष्ट्रिय आपतकालिन अवस्थाको घोषणा गरिएको छ ।
मोकोएमा गएको पहिरोमा परि मृत्यु भएका पहिलो व्यक्तिको अन्तिम संस्कार गरेलगतै राष्ट्रपति आन म्यानुएल सान्तोसले देशमा आर्थिक, समाजिक तथा पर्यावरणीय आपतकालको घोषणा गरेका हुन् । नेपाली समय अनुसार शनिबार बेलुका गएको पहिरोमा परि दुई सय ६२ जनाको मृत्यु भएको पुष्टि भएको छ । उनीहरुको सबैको सामूहिक श्रद्धान्जली सभा पनि गरिएको छ । पहिरोमा परि हराएको खोजी तथा राहतको काम अहिले पनि भइरहेको छ । चार सय भन्दा बढी मानिस घाइते भएको घटनामा दुई सय भन्दा धेरै अझै हराइरहेका छन् । घटनाको ७२ घण्टा बितिसकेकाले हराएको जीवितै उद्धार गर्ने सम्भावना टरेको रेडक्रसले जनाएको छ ।
कोलम्बिया सरकारले पहिरो प्रभावितको सहयोगका लागि एक करोड ३९ लाख अमेरिकी डलर खर्च गर्ने घोषणा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *