संशोधनविना निर्वाचन गराए महाभारत : महतो

भक्तपुर न्यूज

२२ चैत २०७३ ५:३७

संशोधनविना निर्वाचन गराए महाभारत : महतो

भैरहवा, २२ चैत । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले संविधान संशोधनविनै निर्वाचन गराए मुलुकमा महाभारत हुने बताएका छन् । उनले यथास्थितिमा निर्वाचन गराए मधेसमा असहयोग आन्दोलन गर्ने चेतावनी दिँदै मोर्चाको मागप्रति सकारात्मक हुन सरकारलाई आग्रह गरे ।
पार्टीद्वारा आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा उनले मधेसी मोर्चाको माग पूरा भए एक ढिक्का भएर निर्वाचनमा सहभागी हुने समेत प्रष्ट पारे ।
संशोधनविना गरिने निर्वाचनले दुर्भाग्यपूर्ण अवस्था सिर्जना गर्छ, महतोले अगाडि भने, हामी पनि निर्वाचन चाहन्छौ, तर पहिला संविधान संशोधन गरेर मात्र निर्वाचन गर्नुपर्छ ।
सीमांकनको विषयलाई तत्काल थाती राखेर निर्वाचनमा जाने चर्चा चलिरहेका बेला नेता महतोले त्यसको ठाडै अस्वीकार गरे । उनले मधेसी मोर्चाको सहभागिताविना निर्वाचनको कल्पना पनि गर्न नसक्ने बताउँदै तीन दलले जे मन लाग्यो त्यही गर्न खोज्ने कार्य गलत रहेको बताए ।
महतोले मोर्चाले समस्या समाधान चाहे पनि सरकारकै कारण सहमति हुन नसकेको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *