आफुले लगाएको नारा हेरेर हिसिला आफै छक्क

भक्तपुर न्यूज

२१ चैत २०७३ ९:५४

आफुले लगाएको नारा हेरेर हिसिला आफै छक्क

काठमाडौं २१ चैत । हिजो निर्वाचन कार्यलय घेराउ गर्ने क्रममा प्रहरीले गिरफ्तार गर्दा नयाँ शक्तिकी नेतृ हिसिला यमीले यो देशलाई खारेज गर भन्ने नारा लगाएको विषय यतिबेला सामाजिक सञ्जालमा व्यापक छ ।
देश खारेज गर भनेको भन्दै अहिले सोसल मिडियामा नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमीको चर्को आलोचना भइरहेको छ ।
प्रहरी भ्यानबाट आक्रोशित हुँदै उनले खिच्चिएको भिडियो पनि भाइरल बनिरहेको छ ।
ट्वीटरमा #ArrestHisilaYami ट्याग नै चलाएर उनलाई पक्राउ गर्न माग गरिएको छ । के साँच्चै हिसिलाले देश खारेज गर भनेकै हुन् त ? साँझ आफूले खिच्यिाएको भिडियो देखेपछि हिसिला स्वयम् अचम्मित भएको उनकी निकट स्रोतले जानकारी दियो। लौ मैले त्यसो भनेँ र ? भन्दै यमीले आश्चर्य व्यक्त गरेको स्रोतले जानकारी दियो । यस विषयमा प्रष्ट पार्न यमीले आज अपराह्न ४ बजे पत्रकार सम्मेलन गर्ने भएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *