कोरियाली परमाणु खतरासँग एक्लै जुध्छौँ : ट्रम्प

भक्तपुर न्यूज

२१ चैत २०७३ ७:२७

कोरियाली परमाणु खतरासँग एक्लै जुध्छौँ : ट्रम्प

एजेन्सी, २१ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको सहयोग बिना नै उत्तर कोरियाको परमाणु चुनौती समाधान गर्न अमेरिका सक्षम रहेको बताएका छन् । चीनले सहयोग गरे वा नगरे पनि अमेरिका उत्तर कोरियाको परमाणु चुनौती सामना गर्न र त्यसको समाधानका लागि तयार रहेको ट्रम्पको भनाई छ ।
बेलायती पत्रिका फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्ताको क्रममा राष्ट्रपति ट्रम्पले चीन उत्तर कोरियाको परमाणु चुनौती समाधानमा नलागे पनि अमेरिका तयार रहेको दाबी गरेका हुन् । एक्लै उत्तर कोरियाको चुनौती सामना र त्यसलाई समाधान गर्न सक्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा ट्रम्पले आफू त्यसका लागि पूर्णरुपले तयार रहेको बताए ।
चिनियाँ राष्ट्रपति सी जिन पिङको भ्रमणको केहीअघि मात्रै आएको ट्रम्पको भनाईलाई महत्वपूर्ण रुपमा हेरिएको छ । चिनियाँ राष्ट्रपति सी यही हप्ता अमेरिका भ्रमणमा जाँदै छन् । उत्तर कोरियामा चीनको प्रभाव रहँदै आएको र उत्तर कोरियाको परमाणु चुनौती समाधानका लागि साथ दिएमा त्यो चीनसहित सबैका लागि राम्रो हुने ट्रम्पको भनाई छ ।
तर चीनले साथ दिएमा आफू एक्लै पनि तयार रहेको र त्यो अवस्था चीनसहित कसैका लागि पनि राम्रो नहुने ट्रम्पको भनाई छ । तर ट्रम्पले उत्तर कोरियासँगको चुनौती समाधानका लागि कस्तो योजना छ भन्ने प्रष्ट पारेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *